माओवादी भारत र एसिया प्रवास इन्चार्ज पन्त र शर्माले दाहालको साथ छाडे 

माओवादी पूर्वउपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले गठन गरेको प्रगतिशील अभियानमा सहभागी हुन उनीहरुले नेकपा संयोजक पुष्पकमल दाहालको साथ छाडेका हुन् ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादीका पूर्व भारत प्रवास इन्चार्ज लक्षण पन्त र एसिया प्रवास संगठन समिति इन्चार्ज ओम शर्माले नेपाली कम्युनिस्ट पार्टीमा सहभागी नहुने बताएका छन् ।

उनीलगायत १० जनाले विज्ञप्ति जारी गरी माओवादी बिसर्जनतिर गएको आरोप लगाउँदै देशभक्त, वामपन्थी, जनतान्त्रिक, प्रगतिशील अभियानमा सहभागी भएको जनाएका छन् । 

माओवादी पूर्वउपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले गठन गरेको प्रगतिशील अभियानमा सहभागी हुन उनीहरुले नेकपा संयोजक पुष्पकमल दाहालको साथ छाडेका हुन् । शर्मा दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा २०६५ मा प्रेस सल्लाहकार थिए ।‘पार्टी स्थापनाकालदेखि आजसम्म आयव्ययको कुनै विवरण प्रस्तुत गरिएको छैन । नेतृत्वमा चरम सत्तालिप्सा, परिवारवाद हाबी छ । नेतृत्वको जीवनशैली कम्युनिस्ट आचरणविपरीत

अत्यन्त भड्किलो छ, जसका कारण कम्युनिस्टहरूको नैतिक धरातल कमजोर बन्न पुगेको छ

। उपरोक्त कारणले हामी तपशीलका विभिन्न जिम्मेवारीमा रहेका साथीहरू पार्टीलाई विघटन

गरेर माधव नेपालको पार्टीमा माओवादी आन्दोलनलाई बिसर्जन गरी बनाइएको ‘नेपाली

कम्युनिस्ट पार्टी’सँग कुनै सम्बन्ध नराख्ने घोषणा गर्दछौं,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेन-जी आन्दोलनको भावना र चाहनाअनुरुप देशभक्त, वामपन्थी, जनतान्त्रिक, प्रगतिशील र जनमुखी शक्तिहरूलाई नयाँ बाटोमा गोलबन्द गर्न निर्माण गरिएको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’मा आबद्ध भएको घोषणा गर्दछौं ।’

कान्तिपुर

Link copied successfully