तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागेजस्तो भयो : भीम रावल

'तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागेझैँ भएको छ ।'

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

It was as if the wounds of the then NCP division were healed: Bhim Rawal

काठमाडौँ — मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात बिछोडको घाउमा मलम लागेझैँ भएको प्रतिक्रिया दिएका छन् । 

नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनले भने, 'जुनबेला नेपाल कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट गइएको थियो । फर्केर आज नेपाली कम्युनिस्ट पार्टीअन्तर्गत तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागेझैँ भएको छ ।'

रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रूपान्तरणलाई सशक्त रूपमा अघि बढाउने सङ्कल्पका साथ बढ्ने प्रण गरे । 'आगामी दिनमा शक्ति रुपले सङ्गठनात्मक भावनात्मक एकता र सङ्कल्पका साथ आफ्नो लक्ष्यमा पुगिसक्ने छौँ,' उनले भने । 

कान्तिपुर

Link copied successfully