प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले गरे भेटवार्ता

छलफलमा निर्वाचन आयोगको तयारी, राजनीतिक दलहरूसँगको छलफल, राजनीतिक दल दर्ता, मतदाता नामावली दर्ता लगायतका विषयमा प्रधानमन्त्री कार्कीले चासो राखिन् ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Election Commission officials meet with Prime Minister Karki

काठमाडौँ — बुधवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले भेट गरेका हुन् ।

प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबराले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गरे।

छलफलमा निर्वाचन आयोगको तयारी, राजनीतिक दलहरूसँगको छलफल, राजनीतिक दल दर्ता, मतदाता नामावली दर्ता लगायतका विषयमा प्रधानमन्त्री कार्कीले चासो राखिन् । यसअघि पनि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिएकी थिइन् ।

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब ४ दिन बाँकी छ। निर्वाचनबारे राजनीतिक दलहरू सशङ्कित रहेको बेलामा आयोगसँग प्रधानमन्त्रीले गरेको भेटलाई महत्त्वका साथ हेरिएको छ।

कान्तिपुर

Link copied successfully