यी हुन् 'उज्यालो नेपाल' पार्टीका ५१ पदाधिकारी

'उज्यालो नेपाल' पार्टीको केन्द्रीय समिति सदस्य सूचीमा रहेको टासी ल्हाजोमले असन्तुष्टि जनाएकी छन् । 'मेरो नाम हटाउन भनिसकेको छु,' उनले भनिन् ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

These are the 51 office bearers of the 'Bright Nepal' party

काठमाडौँ — उज्यालो नेपाल पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यको विवरण अद्यावधिक भएको छ । पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण अद्यावधिक गरिएको हो ।

 उज्यालो नेपाल पार्टीका नेता शंकर ढकालले दिएको जानकारी अनुसार ५१ जनाको नामावलीसहितका विवरण आयोगमा दर्ता गरिएको छ ।

कुलमान घिसिङको यो पार्टी गठित भएको हो । तर, घिसिङ मन्त्री पदमा रहेकाले पार्टीको जिम्मेवारीमा छैनन् । उनले मन्त्री पद छोडेपछि उज्यालो नेपालको अध्यक्ष पद लिने बताइएको छ । 

यो पार्टीमा टासी ल्हाजोमको नाम पनि रहेको छ । उनले आफ्नो नाम कसरी यो सूचीमा पर्‍यो भन्नेबारे अचम्म परेको बताइन् । 'मेरो नाम हटाउन भनिसकेको छु,' उनले भनिन् । यो पार्टीको चुनाव चिह्न बलिरहेको बिजुलीको चिम रहेको छ ।

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यमा निर्देश सिलवालले राजनीतिमा आउने नयाँ दलहरू एक भएर जाने योजना भएको बताए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, 'सुमना श्रेष्ठ, बालेन्द्र शाहजीहरूलगायत पनि मिलेर जाने भनिएको थियो । तर अन्तिम समयमा कुरा मिलेन ।'

निर्वाचन आयोगमा गत २७ साउनमा ‘उज्यालो नेपाल’ पार्टी दर्ताका लागि निवेदन परेको थियो । यो पार्टीको चुनाव चिह्न ‘बलिरहेको बिजुलीको चिम’ प्रस्तावित छ । ज्ञानबहादुर तामाङले यो पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । उक्त दल दर्ताको प्रक्रियामै छ । 

अन्तरिम सरकारमा मन्त्री रहेका घिसिङ भने यो पार्टीको कार्यकारी भूमिकामा हुने छैनन् । पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने तयारी छ । 

These are the 51 office bearers of the 'Bright Nepal' party

These are the 51 office bearers of the 'Bright Nepal' party

कान्तिपुर

Link copied successfully