कांग्रेस केन्द्रीय समिति बैठक : निर्वाचनअगाडि महाधिवेशन गर्ने विषयमा अझै अन्योल

पार्टीको संस्थापन पक्ष निर्वाचन अगाडि कुनै पनि प्रकारको महाधिवेशन गर्ने पक्षमा नदेखिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुट्न थालेका छन् ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Congress Central Committee Meeting: Still uncertain about holding a general convention before the election

काठमाडौँ — असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले अहिलेसम्म २१ फागुनको निर्वाचनमा जाने/नजाने औपचारिक निर्णय समेत गर्न सकेको छैन । राष्ट्रिय मुद्दा र निर्वाचनको एजेन्डाभन्दा कांग्रेस बैठक निर्वाचन अगाडि नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा अल्झिएको छ। 

पार्टीको संस्थापन पक्ष निर्वाचन अगाडि कुनै पनि प्रकारको महाधिवेशन गर्ने पक्षमा नदेखिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुट्न थालेका छन् । 

विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते ५४% महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाइसकेको छ। उसको २७ गते अगाडि नियमित महाधिवेशन नबोलाइए विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ । 

आजको केन्द्रीय कार्यसमितिको बैठकमा पनि संस्थापन पक्षका नेताहरू निर्वाचन अगाडि महाधिवेशन हुन नसक्ने तर्क अघि सारेका छन् भने महामन्त्री पक्षधर नेताहरूले नियमित महाधिवेशन आकर्षित हुने धारणा राखेका छन्। 

आजको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ-आफ्नो धारणा राखेका थिए। 

सहमहामन्त्रीद्वय पाण्डे र परियारले फागुन २१ अगाडि नै नियमित महाधिवेशनको तालिका आउनुपर्ने बताएका थिए । केन्द्रीय सदस्य रिजालले निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनको तयारीमा लाग्नुपर्ने बताए ।

कान्तिपुर

Link copied successfully