एकीकृत समाजवादी पुनर्गठन अभियानको केन्द्रीय संयोजकमा भुसाल

माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलको एकता भएपछि भुसाल समूहले नेकपा एकीकृत समाजवादी पुनर्गठन गरेको हो ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Bhusal appointed as central coordinator of Unified Socialist Reorganization Campaign

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय संयोजकमा घनश्याम भुसाल चयन भएका छन् ।

केन्द्रीय कमिटीको शनिबारको बैठकले उनलाई संयोजकमा चयन गरेको हो । बैठकमा भुसालले पार्टीलाई पुनर्गठन गरी अहिलेको अवस्थामा देशभक्त वामपन्थीहरूको मोर्चा बनाएर अघि जानुपर्ने बताए । 

माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलको एकता भएपछि भुसाल समूहले नेकपा एकीकृत समाजवादी पुनर्गठन गरेको हो ।

बैठकले आगामी मंसिरमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् ।

कान्तिपुर

Link copied successfully