रास्वपा केन्द्रीय विस्तारित बैठक सौराहामा सुरु

बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनैतिक प्रतिवेदन र महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक प्रतिवेदन पेस गर्ने छन् ।

कार्तिक २१, २०८२

रमेशकुमार पौडेल

RSVP central extended meeting begins in Sauraha

काठमाडौँ — रास्वपाको केन्द्रीय विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ । कार्यवाहक अध्यक्ष डीपी अर्यालले घण्टी बजाएर र उपसभापति स्वर्णिम वाग्लेले झण्डा फहराएर विस्तारित बैठकको उद्‍घाटन गरेका हुन् । 

बैठकमा आज र भोलि सात समूह बनाएर छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारीहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला समिति, निर्वाचन क्षेत्रीय समितिका सभापतिहरू सहभागी छन् ।

RSVP central extended meeting begins in Saurahaत्यसैगरी अधिवेशन भएका पालिकाका प्रमुखहरू पनि बैठकमा सहभागी छन् । सबै गरेर केन्द्रीय समितिको विस्तारित बैठकमा ५१२ जनाले भाग लिनेछन् । 

बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनैतिक प्रतिवेदन र महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक प्रतिवेदन पेस गर्ने छन् । त्यसैगरी उपसभापति स्वर्णिम वाग्लेको वाचापत्र निर्माणका लागि सुझाव लिने कार्य पनि विस्तारित बैठकमा हुने जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो । समानुपातिक सांसदको उम्मेदवारी आह्वान र छनौटका विधिबारेमा पनि छलफल हुने छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully