सरकारले दूरगामी महत्त्वका कुरामा हात हाल्न नहुने पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको सुझाव

कार्की नेतृत्वको सरकारले गरेको राजदूत फिर्ता बोलाउनेदेखि कर छुट दिने र युरो थ्री मापदण्डका सवारी साधन आयात खुला गर्ने निर्णयमा विवाद हुन थालेको समयमा पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Former Chief Election Commissioner Pokharel suggests that the government should not interfere in matters of far-reaching importance.

What you should know

काठमाडौँ — पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको मुख्य कार्यभार पाएको सरकारले दूरगामी महत्त्वका काममा हात हाल्न नहुने सुझाव दिएका छन् । कान्तिपुरसँग कुरा गर्दै पोखरेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकार विषम र असहज अवस्थामा गठन भएको तर निर्वाचनमा केन्द्रित हुनुको विकल्प नभएकोमा जोड दिएका हुन् । 

कार्की नेतृत्वको सरकारले गरेको राजदूत फिर्ता बोलाउनेदेखि कर छुट दिने र युरो थ्री मापदण्डका सवारी साधन आयात खुला गर्ने निर्णयमा विवाद हुन थालेको समयमा पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । ‘अहिलेको सरकारको मेन एजेन्डा भनेको निर्वाचन हो । अरु पनि दुई तिनटा एजेन्डाहरु छन् तर मूल एजेन्डा मिति तोकेकै २१ फागुन हो,’ पोखरेलले भने, ‘अरु दूरगामी महत्त्व वा विवादित हुने काममा ध्यान दिन हुँदैन ।’

निर्वाचनका लागि चारवटा कुरा सबभन्दा महत्त्वपूर्ण भएको उनको भनाइ छ । ‘पहिलो हो, राजनीतिक वातावरण । निर्वाचन भनेको पनि एउटा खेल नै हो, राजनीतिक वातावरण नबनेसम्म अथवा खेलाडी मैदानमा नआएसम्म खेल खेलाउन सकिन्न । त्यसैले राजनीतिक वातावरण सबभन्दा जरुरी हो,’ उनले भने ‘दोस्रो, अहिले जुन किसिमको सुरक्षा जटिलता छ । सुरक्षा संयन्त्र डिमोरलाइज्ड भएको अवस्था छ । उनीहरूको विश्वास कसरी बढाउने ? यो चुनौतीको रुपमा म देख्दछु । तेस्रो, जेन-जी आन्दोलनलगायतले निर्वाचनका केही कुरामा व्यापक सुधार हुनुपर्ने उनले बताए । 

उनले अर्को चुनौती, समय भएको दाबी गरे । उनले राजनीतिक वातावरण सुरुमा केही अलमल भएको देखेको थिएँ । पछिल्ला दिनमा सरकारले दलहरूसँग सहकार्य गर्न बोलाएर छलफल गर्ने ढोका खुला गरेर केही काम सुरु गरेको छ,’ उनले भने, ‘यो प्रयासलाई अझ घनिभूत गर्नुपर्छ ।’ 

कुराकानीको विस्तृत अं‌‌श आइतबार कान्तिपुर दैनिकमा प्रकाशित हुने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully