जसपा नेपाल छोडेका नेता, कार्यकर्तालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आह्वान

ललितपुरमा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतमा संगठन छाडेका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको जसपा नेपालले जनाएको छ ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Chairman Yadav calls on leaders and cadres who left JSP Nepal to return to the party

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता, कार्यकर्तालाई पार्टीमा मा फर्किन आग्रह गरेका छन् ।

विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्‌नो पुरानै घरमा फर्किन आह्वान गर्दै उनीहरुको स्वागतको लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले अपील गरेका हुन् ।

'पार्टी स्थापनाकालदेखि विगतमा जेजस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडेपनि उहाँहरु सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्‌नो पुरानै घरमा फर्किन आह्वान गर्दछु,' अध्यक्ष यादवले भने, 'जसपा नेपाल हामी सबैको साझा संगठन भएकोले जुनै कारणले पार्टी परित्याग गरेपनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन ।'

ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतका दिनमा संगठन छाडेका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको छ ।

कान्तिपुर

Link copied successfully