कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भन्छन्- सबैले निर्वाचन हुन्छ र गर्नुपर्छ भनेर अघि बढ्नु आवश्यक छ

तोकिएको समयमा निर्वाचन नभए संविधान नै समस्यामा पर्ने उनको भनाइ छ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Acting Chief Election Commissioner says - Everyone needs to move forward to ensure that elections happen and are held

काठमाडौँ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २१ फागुनमा निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन्। 

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आज उनले तोकिएको मितिमै निर्वाचन हुने दाबी गरे। उनले अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको समेत बताए। उनले आयोगले निर्वाचनको ६० प्रतिशत तयारी गरिसकेको भन्दै विगत भन्दा यो विशेष प्रकृतिको निर्वाचन भएको समेत दाबी गरे।

'सबैले निर्वाचन हुन्छ र गर्नुपर्छ भनेर अघि बढ्नु आवश्यक छ,' उनको भनाइ छ। उनले यसमा दुविधा गर्न नहुने भन्दै नत्र सुशासन र संविधान नै समस्यामा पर्ने दाबी गरे। उनले अहिले सविधानको धाराअनुसार नभई राष्ट्रपतिले सविधानको रक्षाको रुपमा सरकार गठन गर्दै निर्वाचन घोषणा भएको अवस्था भएकाले यो अवस्थालाई सबैले मनन् गर्नुपर्ने बताए। 

कान्तिपुर

Link copied successfully