हामी फुटेका छैनौ : जेन-जी अगुवा विकास रसाइली 

'हामी कहिले एकीकृत थियौँ र, फुट्नलाई । बल्ल त हामी जुट्ने चरणमा प्रवेश गरेका छौँ'

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

We are not divided: Gen-G leader Vikas Rasaili

काठमाडौँ — जेन-जी अगुवा विकास रसाइलीले आफूहरू जुट्ने चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)द्वारा आयोजित 'जेन-जी अगुवाहरूसँग अन्तरसंवाद' कार्यक्रममा बोल्दै उनले आफूहरू जुट्ने चरणमा प्रवेश गरेको बताएका हुन् । 

'पछिल्लो समय धेरैले जेन-जीहरू फुट्यो भनेर बदनाम गरिरहेका छन् । तर हामी कहिले एकीकृत थियौँ र, फुट्नलाई । बल्ल त हामी जुट्ने चरणमा प्रवेश गरेका छौँ,' सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले भने, ' तपाईंहरूले गम्भीरतापूर्वक यसलाई उल्लेख गर्नुहोला । हामी तितरबितर थियौँ । अब जुट्छौँ ।'

कान्तिपुर संवाददाता

Link copied successfully