युवा नेता दीपक भट्टराईले मंसिर मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न नसकेमा वर्तमान केन्द्रीय कार्यसमिति नै भंग हुनुपर्ने माग गरिएको बताए।
काठमाडौँ — कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशनका लागि दबाव दिन संस्थापनइत्तरपक्षकै अर्को समूहले बिहीबार भेला आयोजना गरेको छ ।
कांग्रेस नेता शेखर कोइरालानिकट नेताहरुले मंसिर मसान्तभित्रै महाधिवेशनको कार्यतालिका ल्याउनका लागि दबाव दिने उद्देश्यले महाधिवेशन प्रतिनिधिहरुको भेला बोलाएको हो ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने भेलामा देशभरबाट महाधिवेशन प्रतिनिधिहरुलाई बोलाइएको छ । युवा नेता दीपक भट्टराईले मंसिर मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न नसकेमा वर्तमान केन्द्रीय कार्यसमिति भंग गर्ने माग उठाइएको बताए ।
‘नियमित महाधिवेशन नगरी यो कार्यसमितिलाई कार्यकाल बढाएर बस्ने छुट छैन, केन्द्रीय कार्यसमिति भंग हुनुपर्छ,’ उनले भने ।
