बिहीबार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर गृहमन्त्री अर्यालले निरीक्षणसहित भेटवार्ता गरेका हुन् ।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर गृहमन्त्री अर्यालले निरीक्षणसहित भेटवार्ता गरेका हुन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेन–जी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए ।
सोही निवासको बिहीबार बिहान गृहमन्त्री अर्यालले निरीक्षण गरेका थिए । गृहमन्त्री अर्यालले भण्डारीसँग पछिल्ला राजनीतिक, समसामयिक विषय र आगामी निर्वाचनबारे छलफल गरेका छन् ।
यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।
