उनले आफूहरू निःशर्त एमालेमा फर्किन लागेको बताए।
काठमाडौँ — माओवादी केन्द्रसँग एकता प्रक्रियामा नगएका नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले एमालेमा फर्किन लागेको बताएका छन् ।
उनले पत्रकार सम्मेलन गरी निःशर्त एमालेमा फर्किन लागेको जानकारी दिए।
'म र रामकुमारी झाँक्री कसैसँग एकता नगर्ने, मूल घर पसिना बगाएर बनाएको घर, एमालेमा फर्किने अभियान चलाउँछौँ। निशर्त हामी एमालेमा फर्किन लागेको हौं । हामीलाई मुल घरमा केही चाहिएको छैन,’ उनले भने ।
