हाम्रो अग्निपरीक्षा सुरु भयो : नेपाल

‘यसले नयाँ तरङ्ग पैदा गर्ने छ । आशा र भरोसा पैदा गरेको छ । अग्नि परीक्षा सुरु भएको छ । विश्वास दिलाउनसक्नुपर्छ । पुरानै रूपको पार्टी होइन ।’- नेपाल

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Our ordeal has begun: Nepal

काठमाडौँ — नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका गल्तीको समीक्षा गरी नयाँ पार्टी बनाएको बताएका छन् । उनले आजैदेखि आशा र भरोसाको पार्टी बनाउने अग्निपरीक्षा सुरु भएको बताए ।

बुधबार माओवादी, नेकपा एस, नेसपालगायतका दलहरूसँगको एकता सभामा नेपालले भने, ‘यसले नयाँ तरङ्ग पैदा गर्ने छ । आशा र भरोसा पैदा गरेको छ । अग्नि परीक्षा सुरु भएको छ । विश्वास दिलाउनसक्नुपर्छ । पुरानै रूपको पार्टी होइन ।’

पुराना पार्टीहरूमा रहेका कमीकमजोरीबाट मुक्त भएर, समीक्षा गरेर सुधारेर नयाँपन दिएर, रुपान्तरणको अगुवा भएर क्रान्तिकारी चरित्र भएको पार्टी बनाएको पनि नेपालको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully