प्रधानमन्त्री कार्कीले दलका नेताको अनुहार हेर्न मन नभएको भन्ने सुन्दा मन चसक्क भएको छ : दाहाल 

पार्टी एकता सम्मेलनमा उनले जेन-जीको भावनाअनुसार प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताए ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

I am shocked to hear that Prime Minister Karki does not want to see the face of the party leader: Dahal

काठमाडौँ — नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलगायत नेताको अनुहार हेर्न मन नभएको प्रधानमन्त्री सुशीला कार्कीले भनेको सुनेको उल्लेख गर्दै चित्त दुखेको बताएका छन् ।

पार्टी एकता सम्मेलनमा उनले जेन-जीको भावनाअनुसार प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताए ।

‘जेन-जीको भावना भनेर आएपछि प्रधानमन्त्रीमा सुशीला कार्कीजीलाई त्यसैदिन राति सहमति जनाएकै हो । तुरुन्तै निर्वाचनमा जाने घोषणा गरेको हो । चुनावको माहोल बनाउन, कार्कीलाई प्रधानमन्त्रीलाई सहयोग गरेको हो,’ उनले भने, ‘उहाँले फलानाको अनुहार हेर्न मन लागेको छैन भनेको सुन्दा अलिकति मन चसक्क भएको छ, उहाँले भन्नुभयो, भएन थाहा छैन । त्यसो गर्नु हुँदैन । निर्वाचनको वातावरण बनाउनुपर्छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully