समाजवाद स्थापना गर्न ऐतिहासिक अभिभारा : नारायणकाजी श्रेष्ठ

उनले संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई बधाई दिँदै ऐतिहासिक अभिभारा आएको उल्लेख गरेका छन् ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Historic responsibility to establish socialism: Narayan Kaji Shrestha

काठमाडौँ — नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताले ऐतिहासिक अभिभारा बोकेको बताएका छन् ।

उनले संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई बधाई दिँदै ऐतिहासिक अभिभारा आएको उल्लेख गरेका छन् ।

‘एकीकृत पार्टीले नेपालमा समाजवादी क्रान्ति पूरा गर्नुपर्ने छ,’ उनले भने, ‘नेपाली विशेषतासहित समाजवाद स्थापना गर्न प्रतिबद्ध हुनुपर्छ । यो लक्ष्य घोषणा गरेर मात्र होइन, मूल कार्यनीति पूरा गर्नुपर्छ ।’

उनले सामाजिक न्यायसहित समृद्धि निर्माण गर्दा मात्र मूल कार्यनीति पूरा हुने पनि बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully