महाधिवेशन गर्ने विषयमा सिटौला थापाबीच चर्काचर्की

'हामीलाई सामाजिक सञ्जालमा खरानी दस्ता भनेर गाली गर्ने, लखेटेको भिडियो बनाएर महामन्त्रीकै सचिवालयबाट सामाजिक सञ्जालमा राख्ने ?,' सिटौलाले यसो भन्नासाथ महामन्त्री थापाले आपत्ति जनाउँदै त्यसको प्रतिवाद गरेका थिए ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Dispute between Sitaula Thapa over holding general convention

काठमाडौँ — कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापाको सचिवालयबाट आफूहरूलाई सिध्याउन खेल भएको भनेपछि मंगलबारको बैठकमा चर्चाचर्की भएको छ । उक्त अभिव्यक्तिलाई लिएर सिटौला र थापाबीच नोकझोंक नै भएको हो । 

सिटौलाले बैठकमा आफूसहित सात पूर्व पदाधिकारीलाई खरानी दस्ता भनेर लखेट्दै गरेको भिडियो महामन्त्री थापाको सचिवालयबाट आएको भन्दै आपत्ति जनाएका थिए । त्यसलगत्तै थापाले सिटौलालाई आफ्नो सचिवालयले त्यस्तो भिडियो बनाएको प्रमाणित गरेर देखाउन माग गरे । 'हामीलाई सामाजिक सञ्जालमा खरानी दस्ता भनेर गाली गर्ने, लखेटेको भिडियो बनाएर महामन्त्रीकै सचिवालयबाट सामाजिक सञ्जालमा राख्ने ?,' सिटौलाले यसो भन्नासाथ महामन्त्री थापाले आपत्ति जनाउँदै त्यसको प्रतिवाद गरेका थिए । 

'कि त तथ्य प्रमाण राख्नुहोस । प्रमाणबिना जथाभावी बैठकमा बोल्न पाइन्छ ?,' थापाले कार्यवाहक सभापतिको ध्यानाकर्षण गराउँदै सिटौलाको भनाइको प्रतिवाद गरे । त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तथ्य प्रमाण केही छ भनेर सिटौलालाई सोधे । त्यसपछि मात्रै सिटौलाले आफ्नो भनाइ फिर्ता लिँदै 'सरी' भनेका थिए । 

महामन्त्री थापाले २ दिनदेखि धोबीघाटमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा वान टु वान वार्ता हुँदा, बाहिर सँगै बस्दा समेत त्यसबारेमा कुनै कुरा नगरी बैठकमा गलत नियतका साथ यस्तो धारणा राखिएको बताएका थिए । 

Dispute between Sitaula Thapa over holding general conventionनिर्वाचनअगाडि विशेष वा नियमित महाधिवेशन हुनपर्ने अडान लिएर वैचारिक लडाइँ लडिरहेका महामन्त्रीद्वयविरुद्ध सिटौला आक्रमक देखिएका छन् । उनकै पहलकदमीमा ७ पूर्व पदाधिकारीहरूले निर्वाचन अगाडि कुनै पनि हालतमा महाविधेशनको कार्यतालिका आउन दिएका छैनन् । संस्थापनपक्षबाट सिटौला आफैं सभापति बन्ने तयारी गरिरहेका बेला जेन-जी आन्दोलन भएको थियो । 

अहिलेको प्रतिकूल परिस्थितिमा महाधिवेशन पछाडि धकेल्ने उनको दाउ देखिन्छ । महाधिवेशन पछाडि धकेल्दा शक्ति सञ्चय गर्न पाइने र सभापति देउवालाई आश र त्रास देखाएर उनकै समर्थनमा उम्मेदवार हुने रणनीति अझै पनि सिटौलामा रहेको उनीनिकट नेताहरू बताउँछन् । तर, सिटौला आफैं भने चार महिनाको बीचमा निर्वाचनको तयारी नै समय कम हुने भएकाले महाधिवेशन गर्न नभ्याइने तर्क गर्छन् ।

‘अहिलेको राजनीतिक निकासको एक मात्रै विकल्प निर्वाचन हो । राष्ट्रपति रामचन्द्र पौडेलसँग केही दिनअघि वान टु वान कुरा गरेपछि निर्वाचन भएन भने मुलक झन दुर्घटनामा जान्छ भन्ने मैले अनुभूति गरेँ, त्यसपछि निर्वाचनमा जानुपर्छ भन्ने मेरो धारणा रह्यो,’ सिटौलाले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully