शर्मा र कार्कीले घोषणा गरे समाजवादी कार्यक्रम

‘सुधारको योजना बोकेर नयाँ पुस्तालाई अघि बढाउने योजना छ,’ शर्माले भने ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Sharma and Karki announce socialist program

काठमाडौँ — माओवादी नेताहरू जनार्दन शर्मा र राम कार्कीले ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गरेका छन् । उनीहरूले मंगलबार पत्रकार सम्मेलन गरी ‘विद्रोह गर्नु अधिकार’ भएको भन्दै एकीकृत समाजवादी आन्दोलन अघि बढाउने बताएका छन् । 

उनीहरूले नेपाली विशेषताको समाजवाद निर्माणका लागि अभियान सुरु गरेको जनाएका छन् । ‘सुधारको योजना बोकेर नयाँ पुस्तालाई अघि बढाउने योजना छ,’ शर्माले भने । 

Sharma and Karki announce socialist programकार्कीले समाजवादी अभियानमा सहभागी हुन आग्रह गरे । माओवादीको पद त्यागेर नयाँ अभियान सुरु गरेको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully