नियमित महाधिवेशनको तालिकामा संस्थपन र इतरपक्षबीच टसमस नभएपछि सहमति हुन नसकेको हो ।
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार दिनभर बसेको बैठकले पनि नियमित महाधिवेशनको कार्यतालिकाको विषयमा टुंगो लगाउन सकेन ।
नियमित महाधिवेशनको तालिकामा संस्थापन र इतर पक्षबीच टसमस नभएपछि सहमति हुन नसकेको हो ।
सहमति नभएपनि मंगलबारको केन्द्रीय कार्यसमितिको बैठक भने नरोकिने महामन्त्री विश्वप्रकाश शर्माले बताए । शर्माका अनुसार मंगलबारको बैठकमा अर्का महामन्त्री गगन थापा पनि उपस्थित हुनेछन् ।
यसअघि बिहीबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न नपाएपछि थापा बैठकमा अनुपस्थित भएका थिए । उनको अनुपस्थितिपछि सहमतिका लागि चार दिन बैठक रोकेर सहमतिको प्रयास गरिएपनि कुनै निकास निस्कन सकेको छैन ।
