जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

45 people who died in the Gen-G movement declared martyrs

काठमाडौँ — सरकारले नेपालको राष्ट्र हित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन–जी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

यस्तै सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप सञ्चालन नियमावली, २०८२ स्वीकृत भएको बताए ।

विपद्–संकटग्रस्त जिल्ला घोषणा भएका इलाम जिल्लाका प्रभावित तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक रकम पाँच करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully