माओवादी र नेकपा एसबीच पार्टी एकता कात्तिक २० मा

एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल रहने र पार्टीको नाम नेकपा समाजवादी हुने निश्चित भइसकेको छ ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी दलसँग पार्टी एकता कात्तिक २० मा हुने भएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले पार्टी एकताको मिति नै टुंगो लागेको बताए ।

‘कात्तिक २० मा पार्टी एकता घोषणा हुनेछ,’ उनले सचिवालय बैठकले बाँकी प्राविधिक कुरा निष्कर्षमा पुर्‍याउने बताए, ‘सांगठनिक, प्राविधिक विषयमा टुंगो लगाउने काम हुन्छ ।’ 

माओवादी, नेकपा एस, नेपाल समाजवादी (महिन्द्र राय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र नेकपा (चिरण पुन) सँग एकता हुने छ ।

एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल रहने र पार्टीको नाम नेकपा समाजवादी हुने निश्चित भइसकेको छ ।

कान्तिपुर

Link copied successfully