कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित, कार्यालयमा नेविसंघले लगायो ताला

बैठक सुरु नै नभई थप दुई दिनका लागि स्थगित भएपछि आक्रोशित विद्यार्थी नेताहरूले पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै नेताहरूविरुद्ध नाराबाजी गरेका थिए ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Congress Central Committee meeting postponed again, Nepali Congress party locks office

काठमाडौँ — पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको विरोधमा नेविसंघका विद्यार्थीहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरू बैठक सुरु हुनुभन्दा अगाडि नियमित महाधिवेशनको पक्षमा तत्काल निर्णय गर्न दबाब दिन पार्टी कार्यालय घेराउ गर्न पुगेका थिए ।

तर, बैठक सुरु नै नभई थप दुई दिनका लागि स्थगित भएपछि आक्रोशित विद्यार्थी नेताहरूले पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै नेताहरूविरुद्ध नाराबाजी गरेका थिए ।

Congress Central Committee meeting postponed again, Nepali Congress party locks office‘हामी तत्काल नियमित महाधिवेशनका लागि निर्णय लिइयोस् कि यो केन्द्रीय कार्यसमिति विघटन गरोस् भनेर पार्टी कार्यालयमा घेराउ गरेर पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई दबाब दिने कार्यक्रम राखेका थियौं, तर नेताहरूको अर्कमण्यता र असक्षमताका कारण आजको बैठक पनि स्थगित भएपछि तालाबन्दी गरेका हौँ,’ उनले भने,‘यत्रो राजनीतिक परिस्थिति उत्पन्न हुँदासमेत नेताहरू सच्चिनु भएन । त्यसैले ४० वर्षमुनिका युवाहरू मिलेर तालाबन्दी गरेका हौं ।’

कान्तिपुर

Link copied successfully