बैठकमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा छलफल भइरहेको छ।
काठमाडौँ — नेकपा एमालेको सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा सुरु भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा छलफल हुने छ।
एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा ११औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । यस्तै, आजको बैठकले महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड बनाउनुका साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नेछ ।
