जनार्दन शर्माले अराजक व्यवहार देखाए : दाहाल

दाहालले केन्द्रीय समिति बैठकसम्म शर्मा पनि एक हुने विश्वास व्यक्त गर्दै माओवादी केन्द्र एकजुट रहेको दाबी गरे ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

Janardan Sharma showed chaotic behavior: Dahal

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्।

शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार बैठक राम्रो किसिमले चलिरहेको थियो तर आफ्ना कुरा राखेपछि शर्मा बाहिरिएका थिए । दाहालले शर्माको त्यो शैली राम्रो नभएको टिप्पणी गरे ।

 माओवादी केन्द्रले माओवाद छोडेर पार्टी एकता गर्न खोजेको र महाधिवेशन टार्न लागेको शर्माले आरोप लगाएका थिए । 

दाहालले भने, ‘केही जाँदैन, हाम्रो पार्टी सबै एकजुट भएको छ । केन्द्रीय समिति बैठकसम्म जनार्दन पनि एक हुनेछन् र हुनै पर्छ भन्ने विश्वास हामीलाई छ । बैठक राम्रो रूपमा सुरु भएको थियो । उहाँले विषय राख्नुभयो, 'ल, बस्नुस्, सबैका कुरा सुन्ने,' भनेर भनिएको थियो, तर उहाँ उठेर हिँड्नुभयो । उहाँको त्यो शैली राम्रो होइन, कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो ।’

दाहालले केन्द्रीय समिति बैठकसम्म शर्मा पनि एक हुने विश्वास व्यक्त गर्दै माओवादी केन्द्र एकजुट रहेको दाबी गरे ।

कान्तिपुर

Link copied successfully