हस्ताक्षरकर्ताको अगुवाइ नगर्ने नेताहरूले बिहीबार विशेष महाधिवेशनको पक्षमा ध्यानाकर्षण पत्र बुझाउने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अगाडि आ–आफ्ना रणनीति तयार पार्न बुधबार संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरु छुट्टाछुट्टै बैठक बसेका थिए ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Leaders who are not leading the signatories will submit a letter of appeal in favor of a special general convention on Thursday.

What you should know

काठमाडौँ — महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले मंसिरमै नियमित महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बिहीबारको बैठकमा प्रस्तुत गर्न नपाएमा विशेष महाधिवेशनको प्रक्रियालाई अघि बढाउने चेतावनी दिएका छन् । यसअघि महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशनका लागि प्रस्ताव दुई विकल्पसहितको कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिले अस्वीकार गरेको थियो । त्यसपछि थापाले उक्त कार्यतालिकालाई सार्वजनिक गरेका थिए । 

केन्द्रीय कार्यसमितिको बैठक अगाडि आआफ्ना रणनीति तयार पार्न बुधबार संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरु छुट्टाछुट्टै बैठक बसेका थिए । निर्वाचन अगाडि कुनैपनि प्रकारको महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेको संस्थापन पक्ष अघिल्ला दिनका तुलनामा बुधबार भने केही लचक भएको सहभागी नेताहरूले बताएका छन् । संस्थापन पक्षीय एक केन्द्रीय सदस्यका अनुसार कार्यतालिका ल्याउनेबारेमा लचक वडादेखि केन्द्रसम्मकै तालिका ल्याउने कि तल्ला तहका मात्रै भन्ने बारेमा संस्थापन पक्षभित्र मतैक्यता छैन । 

यता विशेष महाधिवेशनका लागि अगुवाइ गर्ने नेताहरूले बिहीबारको बैठक अगाडि विशेष माधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षरकर्ताहरुको तर्फबाट लिखित ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् । ‘विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ताहरुका तर्फबाट बिहीबार कार्यवाहक सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ,’ गौतमले भनिन्, ‘१५ गते काठमाडौंमा भएका महाधिवेशन प्रतिनिधिहरुको भेलासमेत डाकिएको छ ।’ केन्द्रीय कर्यासमितिले विशेष र नियमित महाधिवेशन कुनैपनि नगर्ने निर्णय लिएमा भने देशभरकै महाधिवेशन प्रतिनिधिहरुको भेला बोलाउने तयारीसमेत छ ।’

यता संस्थापनपक्षले बिहीबार नै कार्यतालिका ल्याउन दिने कि नदिने भन्नेबारेमा रातिसम्म छलफल गरेपनि अझै निष्कर्षमा पुगेको छैन । भेलामा सहभागी केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी एकताका लागि कार्यतालिकाको विषयमा लचक हुन सकिने बताए । ‘सबैका आ–आफ्ना विचार र धारणाहरु छन् । त्यसका बाबजुद अहिलेको अवस्थामा पार्टी एक गराएर अघि बढ्ने चुनौती रहेकाले मध्यमार्गी उपाय खोजेर भएपनि समझदारी बनाउने विषयमा छलफल जारी छ,’ उनले भने । भेलामा निर्वाचन अगाडि नै कुनैपनि महाधिवेशन हुन नसक्ने अडान लिँदै आएका नेताहरुको बोलीसमेत बुधबार फेरिएको थियो । उनीहरुले निर्वाचन हुने भएमा केन्द्रीय महाधिवेशनलाई पछाडि गर्ने गरेर तल्ला तहका अधिवेशन सम्पन्न गरेर बस्न सकिने तर्क अघि सारेका छन् ।

‘संस्थापन पक्षबीचमै साझा धारणा बनाउने कोसिस भइरहेको छ । त्यसपछि महामन्त्रीहरुसँग छलफल गरेर बिहीबार बिहानसम्म एकखालको समझदारी बनाउन कोसिस भइरहेको छ,’ उनले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully