राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा

अर्याल २०८० साल वैशाख २१ गते राष्ट्रिय सभाको सचिवमा नियुक्त भएका थिए । 

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

National Assembly Secretary Surendra Aryal resigns

काठमाडौँ — राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् । सचिव अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजैदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । 

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएका हुन् ।

अर्याल २०८० साल वैशाख २१ गते राष्ट्रिय सभाको सचिवमा नियुक्त भएका थिए । 

कान्तिपुर

Link copied successfully