पूर्व माओवादीहरू एउटै झण्डामुनि एकताबद्ध हुन्न दाहालको आग्रह

देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न वामपन्थी शक्तिहरूबीच एकता हुनुपर्ने बताएका छन्।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Dahal urges former Maoists not to unite under one flag

काठमाडौँ — माओवादी केन्द्रका महाधिवेशन संयोजक पुष्पकमल दाहालले पूर्व माओवादीहरूलाई एउटै पार्टीमा गोलबन्द हुन आग्रह गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले पूर्व माओवादी लगायत वामपन्थी शक्तिहरूलाई धुर्वीकरणको लागि आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु ।  साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु । '

देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न वामपन्थी शक्तिहरूबीच एकता हुनुपर्ने बताएका छन् । ‘राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ’, उनले भनेका छन्, ‘यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ । ’

उनले राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकतामा जोड दिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully