देश अस्थिरता र अनिश्चयतर्फ गयो : ओली

उनले देश र जनताप्रति आफ्नो बफादारिता रहेको भन्दै आफूलाई मन पराउनु वा नपराउनु व्यक्तिगत रुचिको कुरा भएको बताए।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

The country has moved towards instability and uncertainty: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरता र अनिश्चयतर्फ गएको दाबी गरेका छन्। उनले देश र यहाँका जनताप्रति आफ्नो बफादारिता रहेको भन्दै आफूलाई मन पराउनु वा नपराउनु व्यक्तिगत रुचिको कुरा भएको बताए।

आइतबार सम्पादकहरूसँग संवाद कार्यक्रममा बोल्दै ओलीले भने, 'देशलाई अघि बढाउन, शान्ति स्थापना गर्न म सधैँ तत्पर भएर लागेको छु। ज्यान जोखिममा राखेर असत्यको विरोध गरिरहेको छु।'

ओलीले सत्य बोल्ने आफ्नो बानी भएको भन्दै जेन-जीहरूलाई भ्रममा पारिएको र उनीहरूलाई धोका दिइएको बताए। 'उनीहरूले भ्रष्टाचार, शुसासन र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खुलाउनुपर्‍यो भन्ने माग गरेका थिए। तर उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्,' ओलीले भनेका छन्। 

उनले तत्कालीन सरकारले टिकटक बाहेकका केही सामाजिक सञ्जाल कम्पनीले सरकारले अनेक प्रयास गर्दा पनि अटेरी गरेपछि सरकारले ती प्लाटफर्महरूलाई प्रतिबन्ध लगाउने निर्णय भएको दाबी गरे।

कान्तिपुर संवाददाता

Link copied successfully