ओलीको प्रश्न छ- वडाध्यक्ष र मेयरको सुरक्षा बढाएर पूर्वप्रधानमन्त्रीको सुरक्षाकर्मी घटाउने कस्तो कार्य हो?
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले फरि पनि एमालेलाई नै सरकारमा पठाउने दाबी गरेका छन्।
आइतबार काठमाडौँमा सम्पादकहरूसँगको संवाद कार्यक्रममा ओलीले यस्तो दाबी गरेका हुन्। उनले सरकारले चुनाव गराउनेतर्फ ध्यान नलगाएको टिप्पणी गरे।
उनले भने, 'सरकारले हामीहरूलाई पक्रिन वा कारबाही गर्न सरकारी निकायका प्रमुखहरूलाई धक्म्याउने काम गरिरहेको छ। डेढ महिना त यतिकै बितिसक्यो। यस्तो सरकारले कसरी चुनाव गराउँछ ? चुनाव गराउने हो भने त फेरि जनताले एमालेलाई नै सरकारमा पठाउँछन्। यो दुई दिनको लिला मात्रै हो। तमासा मात्रै हो। यो सबै देखेर म निन्याउँरो र अँध्यारो मुख लगाएर किन हिँडछु?'
ओलीले आफ्नो सुरक्षा घटाएकोमा सरकारप्रति आक्रोस व्यक्त गरे। 'वडाध्यक्ष र मेयरको सुरक्षा बढाएर मेरो सुरक्षाकर्मी घटाउने कुन तर्क हो?,' उनको प्रश्न छ।
