एमाले केन्द्रीय कमिटी बैठक : विद्या भण्डारीको पक्षमा खुल्दै नेताहरू

उनीहरूले भनेका छन्- ‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउँदा पार्टीलाई फाइदा हुन्छ, उहाँलाई राजनीतिमा आउन बाटो खुला राख्नुपर्छ ।’

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

UML Central Committee Meeting: Leaders open up in favor of Vidya Bhandari

काठमाडौँ — एमाले केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरू पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका छन् । भण्डारीको सदस्यता रोक्नु र सक्रिय राजनीतिमा आउन नदिनु गलत भएको उनीहरुले बताएका छन् ।

केन्द्रीय सदस्यहरू दीपा शर्मा, युवराज बास्कोटा, रामलाल साह, माधव अर्याल र रामचन्द्र खड्काले भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राख्न नहुने धारणा राखेका थिए ।‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउँदा पार्टीलाई फाइदा हुन्छ,’ उनीहरुको भनाइ थियो, ‘उहाँलाई राजनीतिमा आउन बाटो खुला राख्नुपर्छ ।’

बुधबारको बैठकमा पनि भण्डारीलाई राजनीतिमा आउन दिनुपर्ने माग उठेको थियो । 

भदौ २०-२२ को विधान महाधिवेशनअघि भण्डारीको सदस्यता पेन्डिङमा राखिएको थियो । भण्डारीले एमाले नेतृत्वका लागि आफू राजनीतिमा आएको बताएपछि ओलीले उनलाई रोकेका थिए ।

कान्तिपुर

Link copied successfully