बिहीबारको बैठकको अन्त्यमा बोल्दै ओलीले आफ्नो पार्टीलाई माया गर्न सिक्न सदस्यहरुलाई आग्रह गरे ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकभित्र भइरहेका गतिविधि बाहिर नलाउन केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् ।
बिहीबारको बैठकको अन्त्यमा बोल्दै उनले आफ्नो पार्टीलाई माया गर्न सिक्न सदस्यहरुलाई आग्रह गरे । ‘आफ्नै पार्टीलाई माया गर्न सिकौं । बैठक चलिरहेको छ । समाचार र भिडियो सम्प्रेषण भइरहेको छ,’ उनको भनाइ थियो, ‘एमालेकै केन्द्रीय सदस्यहरु समाचारदाता छन् । भिडियो बाहिर गइरहेको छ ।’
केन्द्रीय सदस्यले आफ्नो महत्व बुझ्न अर्ती दिए । ‘आफ्नै गरिमा त कायम राख्नुस् । आफ्नो महत्व त थाहा पाउनुस्,’ ओलीको भनाइ थियो ।
