संसद् विघटनविरुद्ध अदालत नजान सभामुखलाई पूर्वमहान्यायाधिवक्ताहरूकाे सुझाव 

छलफलमा पूर्वमहान्यायाधिवक्ता भरतबहादुर कार्की, खम्मबहादुर खाती र महादेव यादव सहभागी थिए ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

Former Attorney General advises Speaker not to go to court against dissolution of Parliament

काठमाडौँ — पूर्वमहान्यायाधिवक्ताहरूले सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा विघटन र सरकार गठनविरुद्ध सर्वाेच्च अदालतमा नजान सुझाव दिएका छन् ।

सभामुख घिमिरेले संसद् विघटनबारे निर्णय गर्न पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गरेका हुन् । छलफलमा पूर्वमहान्यायाधिवक्ता भरतबहादुर कार्की, खम्मबहादुर खाती र महादेव यादव सहभागी थिए ।

कार्की र खातीले संसद् पुनस्थापना हुनुपर्ने भनेका थिए भने यादवले निर्वाचनमा जानुपर्ने राय दिएका थिए । तर तीनै जनाले सभामुख रिट बोकेर अदालत जान नहुने एउटै धारणा राखेका थिए ।

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएका छन् । रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

कान्तिपुर

Link copied successfully