कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी बनाउन मंसिरभित्रै पार्टीको महाधिवेशन गरिनुपर्ने प्रस्ताव राखेका छन् ।
What you should know
काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले घोषित निर्वाचनमा सबै नेपालीलाई सहभागी गराउने वातवरण निर्माण गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनले मात्रै सम्पूर्ण नेपालीलाई एउटै अभियानमा भविष्यमुखी दिशातर्फ लैजान सकिने बताएका छन् ।
‘सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौं, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ,' बिहीबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा लिखित मन्तव्य दिँदै कोइरालाले भनेका छन्, ‘मलाई लाग्छ निर्वाचनको विकल्प सोच्दा आउने परिणामले हामीलाई युवा पुस्ताबाट मात्र होइन देशको राजनीतिबाट पनि असान्दर्भिक बनाउन सक्छ ।’
उनले कांग्रेस मात्र नभएर अन्य राजनीतिक दल, सबै पुस्ता, सञ्चार क्षेत्र, सहयोगी देश तथा विकास साझेदार निकायलगायत जेन–जी पुस्ता सबैले वर्तमान सरकारलाई निर्वाचनको ‘म्यान्डेट’ दिएको प्रसंग उल्लेख गर्दै निर्वाचनको विकल्प नभएको बताएका छन् ।
‘यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन । कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर आफ्नो गुमेको वा गुम्दै गएको साख र विश्वास जनता वीच पुनर्स्थापित गर्नुपर्दछ,’ उनले भनेका छन्, ‘आम निर्वाचनको वातावरण बनाउन सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माण गर्नुपर्छ ।’
निर्वाचनलाई भयरहित बनाउन सरकारले लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्ने र त्यसक्रममा जेलबाट भागेका अपराधीहरुलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्न नहुने उनले बताएका छन् ।
‘त्रासमा बसेको समाजले निर्बाध निर्वाचनमा सहभागी हुन सक्दैन, तसर्थ समाजमा निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको हो । यसतर्फ वर्तमान सरकारको सक्रियतामा केही कमी देखिएको छ,’ कोइरालाले अगाडि भनेका छन्, ‘जेन–जी आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाट र हत्या हिंसा जस्ता कुरालाई कुनै पनि सभ्य समाजले स्वीकार्न सक्दैन । व्यक्तिको घर र सम्पति, राष्ट्रिय सम्पदा, उद्यमी व्यवसायीको घर, व्यापारिक केन्द्र, सरकारी भवनहरुमा भएको आगजनी, लुटपाट र राष्ट्र निर्माणमा योगदान दिने नेताहरुका घरहरुमा भएको आगजनी र विध्वंसले हाम्रो समाजमा ठूलो घाउ छोडेको छ । यो अपूरणीय क्षति हो । त्यस्ता असामाजिक र अपराधी काम गर्ने तत्वको पहिचान गरी तिनलाई प्रचलित कानुन बमोजिम दण्ड नदिएर उन्मुक्ति दिने कार्य कदापि स्वीकार्य हुँदैन ।’
कोइरालाले कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउन ०८२ मंसिर महिनाभित्रै पार्टीको १५औं महाधिवेशन गरिनुपर्ने प्रस्ताव राखेका छन् । ‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु’ कोइरालाले भनेका छन्,‘विशेष महाधिवेशनको सन्दर्भमा उठेका र काग्रेसभित्रबाट साथीहरुले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै उर्जा भर्न हो भनी म बुझ्छु ।’
यी सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनवाट मात्र सम्भव हुने उनको निचोड छ । ‘यो ऐतिहाासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डी मात्र भएर आएको छैन । सही अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, ऊर्जा र अनुभवी पिढीले संगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ । हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौ भन्ने मेरो दृढ विश्वास छ,’ उनले भनेका छन्, ‘महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने निर्वाचनले आम जनताबीच कांग्रेसलाई फेरि एकपटक जागृत गराउनेछ मौका मिल्ने छ ।’
कोइरालाले कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउन ०८२ मंसिर महिनाभित्रै पार्टीको १५औं महाधिवेशन गरिनुपर्ने प्रस्ताव राखेका छन् । ‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु,’ कोइरालाले भनेका छन्, ‘विशेष महाधिवेशनको सन्दर्भमा उठेका र काग्रेसभित्रबाट साथीहरुले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै उर्जा भर्न हो भनी म बुझ्छु ।’
यी सबैको सम्बोधन र नेतृत्वमासमेत ताजापन नियमित महाधिवेशनबाट मात्र सम्भव हुने उनको निचोड छ । ‘यो ऐतिहाासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डी मात्र भएर आएको छैन । सही अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, ऊर्जा र अनुभवी पिढीले संगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ । हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौँ भन्ने मेरो दृढ विश्वास छ,’ उनले भनेका छन्, ‘महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने निर्वाचनले आम जनताबीच कांग्रेसलाई फेरि एकपटक जागृत गराउनेछ मौका मिल्ने छ ।’
