ओलीले आगामी मंसिर २७-२९ का लागि पोखरामा महाधिवेशन प्रस्ताव गरेका हुन् ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आगामी मंसिरमा प्रस्ताव गरेका छन् ।
आज बसेको केन्द्रीय कमिटी बैठकमा उनले मंसिर २७-२९ का लागि पोखरामा महाधिवेशन प्रस्ताव गरेका हुन् । उनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
