ओलीको आरोप- 'सरकार चुनाव गराउने बाटोमा छैन'

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै ओलीले संवैधानिक प्रश्न भएको बताएका छन् ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Oli's accusation - 'Government is not on the way to hold elections'

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए ।

चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त । संविधानको धारा १३२ को एक दुई यिनीहरुले छर्लंग भन्या छ त । पूर्व प्रधानन्यायाधीशले के गर्नहुन्छ के गर्नु हुँदैन संविधानमा लेख्या छ । अनि पूर्वप्रधानन्यायाधीशले आफैआफै फैसला गर्ने आफै फेरि असंवैधानिक ढंगले प्रधानमन्त्री हुने ?’ उनको दाबी थियो, ‘असंवैधानिक ढंगले संसद् विघटन गर्न पाइँदैन भनेर फैसला गर्ने उहाँहरु अहिले फेरि आफैले असंवैधानिक ढंगले विघटन गर्ने ?’

कान्तिपुर संवाददाता

Link copied successfully