भदौ २४ को विध्वंसबारे पहिल्यै थाहा नपाएको होइन : ओली

‘त्यसै दिन यस प्रकारको घटनाको स्तरमा पुग्छ भन्ने थिएन । यसपल्ट विभिन्न कारणले रोक्न सकिएन ।’

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Not knowing about the destruction of August 24 in advance: Oli

काठमाडौँ — एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ मा भएको विध्वंसको घटनाबारे आफूलाई पहिलै थाहा भए पनि रोक्न नसकिएको बताएका छन् ।

बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा उनले त्यस्ता हुन सक्ने घटनाबारे थाहा नभएको भन्नु गलत भएको बताए । ‘चैत्र १५ गते पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर आउन प्रयास गर्‍या हो । सिंहदरबारमा जान्छौं, तोडफोड गर्छौं, जलाउछौं । यी सबै कुरा भनिएका थिए,’ उनले दाबी छ, ‘तसर्थ थाहा नपाएको भन्ने कुरा होइन । तर त्यसै दिन यस प्रकारको घटनाको स्तरमा पुग्छ भन्ने थिएन । यसपल्ट विभिन्न कारणले रोक्न सकिएन ।’

उनले आफूले मात्र त्यस्ता घटना रोक्ने अवस्था नभएको भन्दै नेताहरुसँग गुनासो गरे । ‘त्यहाँ अध्यक्ष एक्लै मैदानमा उत्रिएर सब ठिक लाउने त होइन होला । हाम्रो त्यस प्रकारको कुराको लागि तयारी अवस्थामा थिएनौं,’ उनले थपे, ‘अब आवश्यक कुराका लागि तयारी अवस्थामा बस्ने हो ।यस्ता आकस्मिक कुरा पनि हुन सक्दा रहेछन् ।’

उनले विध्वंसात्मक प्रदर्शन रोक्ने प्रयास सम्भभव भए पनि राज्य संयत्रबाट नभएको बताए । ‘उनीहरु प्रयास त गरिरहेका थिए तर हामी त्यसलाई रोक्न सक्छौं भन्ने थियो,’ उनले थपे, ‘राज्य संयन्त्रकै प्रयोगबाट त्यो सजिलै रोक्न सकिन्थ्यो । तर रोक्न सकिएन । त्यसभन्दा पर्तिर जनताकै प्रयासबाट रोक्नुपर्थ्यो ।’

कान्तिपुर संवाददाता

Link copied successfully