देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने

आजको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवा आफैं उपस्थित भएर धारणा राख्ने र त्यसक्रममै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिने मनस्थिति बनाइरहेको उनी निकट एक नेताले बताए ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Deuba will give Khadka the responsibility of Acting Chairman

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर कार्यवाहक सभापतिको जिम्मेवारी दिने मनस्थिति बनाएका छन् ।

आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा आफैं उपस्थित भएर धारणा राख्ने र त्यसक्रममै उपसभापति खड्कालाई कार्यवाहक दिने मनस्थिति बनाइरहेको उनी निकट एक नेताले बताए । 

आफूले पार्टी सभापतिबाट राजीनामा दिएर कार्यवाहक दिने वा नेतृत्वमा आफैं बसेर कार्यवाहकको जिम्मेवारी मात्रै दिने भन्ने बारेमा भने प्रष्ट भएको छैन ।

विधानमा विदेश जाँदा कारबाही दिने व्यवस्था भएपनि स्वदेशमै रहेको बेला नेतृत्वमा आफैं रहेर कार्यभार दिन सकिने व्यवस्था गरेको छैन । तर अभ्यासमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पनि सुशील कोइरालालाई आफू पार्टी सभापतिमै रहिरहेर कार्यकार्यवाहक जिम्मेवारी दिएका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ ।आजको बैठकको अध्यक्षता सभापति देउवाले नै गर्ने भएका छन् ।

कान्तिपुर

Link copied successfully