बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरुबीच संवाद र सहकार्य अघि बढाउने निर्णयसमेत गरेको छ ।
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयले प्रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ । सोमबार सकिएको बैठकले निर्वाचनको वातवारण बनाउन सरकारकाले ध्यानाकर्षण गराएको प्रवक्त प्रकाश ज्वालाले बताए ।
‘निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै निर्वाचनको तयारीमा जुट्ने’ समाजवादीको निर्णयमा भनिएको छ, ‘निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरुको नाम दर्ताको काम अघि बढाइरहेकोले उक्त प्रक्रियामा सहभागी हुन सबैसँग अपिल गर्दै सो काममा सक्रियरुपमा लाग्न पार्टी र जनवर्गीय संगठनका सबै कमिटीहरुलाई निर्देश गर्ने ।’
त्यस्तै बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरुबीच संवाद र सहकार्य अघि बढाउने निर्णयसमेत गरेको छ ।
समाजवादीले माओवादी केन्द्रसँग एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुर्याउने पनि जनाएको छ । ‘वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन दसौं बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने’ ज्वालाले निर्णय सुनाए ।
समाजवादीको असोज २९ केन्द्रीय समितिको भर्चुअल बैठक गरी आवश्यक निर्णय गर्ने जनाएको छ ।
