अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।
काठमाडौँ — नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो ।
बैठक आइतबार बिहान ११:०० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा बस्नेछ । आइतबारको बैठकमा शुक्रबार बोल्न बाँकी सचिवालय सदस्यले आज मुलुकको समसामयिक राजनीतिक विषयमा आआफ्नो धारणा राख्ने उनले बताए।
उनका अनुसार उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुजी महासेठ, लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा धारणा राख्नेछन् । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बस्दै छ ।
