एकीकृत समाजवादीको सचिवालय बैठक पनि आजै

बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

आश्विन २४, २०८२

रासस

United Samajwadi Secretariat meeting today

काठमाडौँ — एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ ।

बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको  एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। 

लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ । समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए। 

रासस

Link copied successfully