एमाले सचिवालय बैठक आज बस्दै

बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

आश्विन २४, २०८२

रासस

UML secretariat meeting today

काठमाडौँ — नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठक बिहान ११ बजे बस्ने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक  विषयमा छलफल हुनेछ ।

केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म यहाँ हुँदैछ । 

रासस

Link copied successfully