असंवैधानिक ढंगले विघटन गरिएको सरकार तत्काल फिर्ता गर्ने बाटोमा जानुपर्छ : ओली

एमाले अध्यक्ष ओलीले जेन-जी विद्रोहपछि बनेको सरकार असंवैधानिक भएको बताएका छन् ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

The unconstitutional disbanded government should be returned immediately: Oli

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन गरिएको सरकार तत्काल फिर्ता गर्ने बाटोमा जानुपर्ने बताएका छन् ।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले असंवैधानिक ढंगले विघटन गरिएको सरकार तत्काल फिर्ता गर्ने बाटोमा जानुपर्ने बताएका हुन् । उनले नेपाली कांग्रेस र अरु पार्टीहरु पनि यही बाटोमा जानपर्ने बताए । उनले असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नउभिए देश अराजकतामा जाने पनि बताए।

उनले फागुन २१ गते चुनाव नभए मात्रै संसद् पुर्नस्थापनामा जानुपर्ने बताएपनि त्यो दिन नपर्खी आन्दोलनको आँधी सिर्जना गरेर भएपनि अघि बढनुपर्ने बताए । उनले यसका निम्ती नेकपा एमालेले अगुवाइ गर्ने बताए । उनले भने, 'नागरिकको जिउधन रक्षा गर्न जनता आफैँले आफ्नो तयारी आफैँ गर्नुपर्छ ।'

आोलीले कुनैपनि हालतमा संविधान र संसद् मासिन नदिने बताए । उनले देशको अस्तित्व जोगाउन र बरबादीमा जान नदिन युवाहरु अगाडि बढ्नुपर्ने बताए । उनले भने, 'भ्रष्टचार विरुद्धको अभियान साझा अभियान हो ।अब त्यसमा लाग्नुपर्छ ।'

कान्तिपुर

Link copied successfully