हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौं : ओली

'यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?' ओलीले भने, 'हामीले यो देश बनाउनुपर्नेछ ।'

आश्विन ११, २०८२

कान्तिपुर संवाददाता

We will not leave the country to Hahu's government and flee abroad: Oli

काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा आयोजना गरेको 'बडादसैंको अवसरका खुला भेटघाट' कार्यक्रममा अध्यक्ष ओलीले भने, 'यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि संवैधानिक मूलधारमा देशलाई ल्याउँछौं । शान्ति सुशासनमा फर्काउँछौं ।'

वर्तमान सरकार जनताको अभिमतबाट बनेको नभई तोडफोड र आगजनीबाट बनेको ओलीले आरोप लगाए । आफूले कुनै षड्यन्त्र नगरेको भन्दै उनले थपे, 'यो सरकारले मैले बोलेका कुरा रेकर्ड गरेर बाहिर ल्यायोस् । हिम्मतका साथ प्रकाशित गरोस् । मैले कर्मचारीलाई दिएका निर्देशन, प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, बाहिर ल्याओस् ।'

उनले आफू अहिले बसेको घर 'लोकेट' गरेर आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको गुनासो गरे । 'अहिले सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर लोकेट गरेर हमला गर्न जाऔं भनेर तोकिएको छ, सरकार के हेरेर बसेको छ ?' उनले भने, 'सरकार अहिले सुविधा फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा लाउँछु भन्दै छ । असुरक्षामा देश हाल्ने अनि सुरक्षा दिनुपर्छ कि पर्दैन ?'

We will not leave the country to Hahu's government and flee abroad: Oli

कान्तिपुर

Link copied successfully