नेसपा नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको संयोजकमा दुर्गा सोव

अध्यक्ष बाबुराम भट्टराईले पदबाट राजीनामा दिएपछि केन्द्रीय समिति बैठकले सोबलाई महाधिवेशन आयोजक समितिको संयोजक चयन गरेको हो।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा  दुर्गा सोब चयन भएकी छन् ।

बुधबार र बिहीबार काठमाडौँमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष बाबुराम भट्टराईको पद त्यागलाई स्वीकार गर्दै सोबलाई महाधिवेशन आयोजक समितिको संयोजक चयन गरेको हो।

यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिइन् । बैठकले महासचिव  सोनाम सिं स्याङ्तानलाई महाधिवेशन आयोजक समितिको सदस्य-सचिव चयन गरेको छ। पार्टीले विशेष महाधिवेशन फागुनमा गर्ने तय भएको छ।

कान्तिपुर

Link copied successfully