दाहालको उद्घोष- 'सबै नेताको सम्पत्ति सार्वजनिक गरौं'

संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Dahal's proclamation - 'Let's make the property of all the leaders public'

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने र सबै नेता आफ्नो सम्पत्ति सार्वजनिक गर्न तयार रहनुपर्ने बताएका छन् ।

यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । 'अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,' पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै दाहालले भने ।

संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन केके गर्ने भनेर लिखित सुझाव  पठाउन निर्देशन दिएका छन् ।

कान्तिपुर

Link copied successfully