आगजनीबाट क्षति भएको माओवादी केन्द्रीय कार्यालय पूर्ण सञ्चालनमा

प्रदर्शनकारीले लगाएको आगोबाट कार्यालयको अगाडिका कोठा र सामानहरू जलेर नष्ट भएका थिए।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

The Maoist central office, which was damaged by fire, is fully operational

काठमाडौँ — गत भदौ २४ गते प्रदर्शनकारीको आगजनीबाट जलेको माओवादी केन्द्रीय कार्यालय सञ्चालनमा ल्याइएको छ।

आगजनीबाट अग्रभागमा क्षति पुर्‍याएको कार्यालयमा सिसाको ढोका र ग्रील जडान गरेर सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख सचिव गणेशमान पुनले जानकारी दिए।

प्रदर्शनकारीले लगाएको आगोबाट कार्यालयको अगाडिका कोठा र सामानहरू जलेर नष्ट भएका थिए।

उनले भने, 'हामीले मर्मत सुरु गरेर कार्यालय पुनः सञ्चालनमा ल्याइसकेका छौं। अहिले पार्टीका बैठकहरू पार्टी कार्यालयमै हुने गरेका छन्।'

आइतबार माओवादी पदाधिकारीको बैठक पनि केन्द्रीय कार्यालयमै भएको थियो। उक्त बैठकले केन्द्रीय समिति भङ्ग गर्दै महाधिवेशन आयोजक समिति गठन गर्ने र मंसिरको अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।

आगजनीबाट कार्यालयमा क्षति पुगे पनि त्यहाँ रहेको पुस्तकालय भने सुरक्षित छ।

कान्तिपुर

Link copied successfully