जलेकै कार्यालयमा संविधान दिवस मनाउँदै एमाले-माओवादी

दुवै दलले संविधान दिवस मनाउन पार्टी आ-आफ्ना केन्द्रीय कार्यालयको प्रांगणमा भेला हुन नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।

आश्विन ३, २०८२

कान्तिपुर संवाददाता

UML-Maoist celebrating Constitution Day at Jalekai office

काठमाडौँ — एमाले र माओवादीले आगजानीबाट ध्वस्त भएका  पार्टी केन्द्रीय कार्यालयमै संविधान दिवस मनाउने भएका छन्।  उनीहरूले संविधान दिवस मनाउन पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा भेला हुन नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।

भदौ २४ मा प्रदर्शनकारीहरूले ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासल र पेरिसडाँडामा रहेको माओवादी केन्द्रीय कार्यालयमा जाने गरी ध्वस्त बनाएका थिए। 

माओवादीको संविधान दिवसमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ। निवर्तमान प्रधानमन्त्री ओली सेनाको ब्यारेकबाट बिहीबार  भक्तपुरको गुण्डुमा डेरा सरेका थिए। जेन-जी आन्दोलनपछि ओली सार्वजनिक कार्यक्रममा देखेका छैनन् ।

UML-Maoist celebrating Constitution Day at Jalekai officeएमालेको संविधान दिवसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।  ओलीले संविधान दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने अहिलेसम्म निश्चित नभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। जेन-जी आन्दोलनपछि संविधानमा संकट आउन सक्ने भन्दै उनीहरुले संविधान रक्षाको लागि जोड दिँदै आएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully