सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी दााहलले समितिका बैठक तथा कामकारबाही नियमित गर्न निर्देशन दिए ।
काठमाडौँ — बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी दााहलले समितिका बैठक तथा कामकारबाही नियमित गर्न निर्देशन दिए ।
छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए ।