जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन : अध्यक्ष दाहाल

‘यतिखेर धुलो हेरेर निराशा हुने छुट छैन । धुलो टकटक्याएर निर्माणको क्षमता र इच्छा शक्ति देखाउनुछ । देशव्यापी पुनर्निर्माणमा लाग्न आह्वान गर्दछु,’ उनले भने, ‘२३ र २४ गतेका घटनाहरुको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु । ’

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

Genji movement is not anti-democratic: President Dahal

What you should know

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलन लोकतन्त्रविरोधी नभएको बताएका छन् ।

उनले बिहीबार भिडियो सम्बोधन गर्दै जेनजी उन्नत लोकतन्त्रको पक्षमा रहेको बताएका छन् । ‘जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन । बरु यथार्थवाद र तदर्थवाद र शासन प्रणालीविरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो,’ उनले भने 

उनले अन्तरिम सरकारको नेतृत्व चयनमा आफूले भूमिका खेलेको दाबी गरे । ‘अन्तरिक सरकारको नेतृत्वका लागि सहजीकरण के कस्तो भूमिका खेल्यो स्पष्ट नै छ । मेरा लागि जेनजी ओन्दोलन माओवादी जनक्रान्ति सम्झौताको टेबुलबाट पूरा गर्न नसकेका एजेन्डाहरुको अभिव्यक्ति हो,’ उनले भने, ‘जेनजी आन्दोलनको बलमा त्यही संसद्‍बाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने गरी संविधान संशोधन जान संभव थियो । त्यसपछि संसदले विघटन सोच्न सकिन्थ्यो ।’

उनले कार्यकर्तालाई पुनर्निर्माणमा लाग्न निर्देशन दिए । ‘यतिखेर धुलो हेरेर निराशा हुने छुट छैन । धुलो टकटक्याएर निर्माणको क्षमता र इच्छा शक्ति देखाउनुछ । देशव्यापी पुनर्निर्माणमा लाग्न आह्वान गर्दछु,’ उनले भने, ‘२३ र २४ गतेका घटनाहरुको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु । ’

उनले नेपालको राजनीतिक अवस्था जटिल भएको बताए ।‘जेनजी आन्दोलनको व्यवस्थापन गर्न नसक्दा मुलुक तरल अवस्थामा पुगेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी फरक मत राखेर संविधान जारी गर्‍यौं । जेनजी मागमा समानता छ । हामीले संख्या पुगेन सम्झौता गर्नुपर्‍यो,’ उनले थपे, ‘जेनजीले मागेका प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्य मत थियो ।’

कान्तिपुर संवाददाता

Link copied successfully